६ कार्तिक २०८३, शुक्रबार

परीक्षण नगरी अन्त्योष्टि गरिएका वडाध्यक्षका परिवारका ४ जनामा कोरोना पुष्टि

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ साउन । कोरोना परीक्षण नगरी अन्त्योष्टि गरिएका रौतहटका एक वडाध्यक्षको परिवारमा ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

इशनाथ नगरपालिका ५ का वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको कोरोना परीक्षण नगरी अन्त्योष्टि गरिएको थियो ।

ठाकुरको परिवारका ४ जनामा कोरोना देखिएको हो ।

वडाध्यक्ष ठाकुरलाई करिब २ सातादेखि रुघाखोकीको समस्या भएपछि गौरस्थित अस्पताल लैजाँदै गर्दा साउन १९ गते बाटोमै मृत्यु भएको थियो ।

परिवारकै सदस्यका कारण कोरोना परीक्षण गरिएको थिएन । यद्यपि उनमा कोरोना संक्रमणको आशंका गरिएको थियो ।

उनको अन्त्योष्टि लगत्तै परिवारका सदस्यको स्वाब संकलन गरिएको थियो । उनीहरुको शुक्रबार रिपोर्ट आउँदा मृतककी श्रीमती, छोरा छोरीसहित ४ जनामा कोरोना पुष्टि भएको हो । हाल उनीहरु घरमै रहेको र उनीहरुसँग सम्पर्कमा आएकाको खोजी भइरहेको जनाइएको छ ।