६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीसहित सबैको कोरोना रिपोर्ट नेगेटिभ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको पीसीआर परीक्षणको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

प्रधानमन्त्री ओलीसहित उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको कोरोना परीक्षण गरिएको थियो ।

बालुवाटार स्रोतका अनुसार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका १० प्रहरी तथा प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री ओलीलगायतको पीसीआर परीक्षण गरिएको थियो ।