६ कार्तिक २०८३, शुक्रबार

कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पुष्टि

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २३ साउन । नेपालमा कोरोनाभाइर संक्रमणका कारण थप ५ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यससँगै मृत्यु हुनेको संख्या ७० जना पुगेको जनाएका छन् । शुक्रबार मृत्यु हुनेमा ३ जना वीरगञ्जका र २ जना सिराहा रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा नेपालभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको हो ।

जसमध्ये अहिले ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित छन् भने १५ हजार ८ सय १४ जना कोरोनामुक्त भएका छन् ।