
काठमाडौँ, २३ साउन । वीरगन्जमा थप १ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप १ सय ४३ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
संक्रमितमध्ये सबैभन्दा जिल्ला प्रहरी कार्यालयका थुनुवा र कर्मचारीहरु रहेका अस्पतालले जनाएको छ ।
त्यस्तै, एक निजी अस्पतालका चिकित्सक, नर्ससहित १५ जना संक्रमित भएका छन् । अन्य संक्रमितमा वीरगन्जका विभिन्न वडाका बासिन्दा रहेको उनले बताए ।
बारा र रौतहटका ४/४ जना संक्रमितहरु पनि रहेका जनाइएको छ ।















प्रतिक्रिया