६ कार्तिक २०८३, शुक्रबार

प्रदेश २ मा एकको मृत्युसहित थप ६३ जनामा कोरोना पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ साउन । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी नगरपालिका ५ का ४२ वर्षीय पुरुष छन्। श्वासप्रश्वासमा समस्या हुन थालेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानतर्फ लाने क्रममा बुधबार साँझ बाटोमै मृत्यु भएको थियो ।

मलेसियाबाट करिब डेढ महिनाअघि आएका उनी आफ्नै घरमा होम क्वारेन्टिनमा बसेका थिए । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ११ महिलासहित ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये सबैभन्दा बढी ३९ जना पर्सा जिल्लाबाट थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ।

यसका साथै धनुषामा नौं, सर्लाहीमा आठ, महोत्तरी र बारामा दुईरदुई तथा सिरहा, सप्तरी र रौतहटमा एक÷एक जना गरी कूल ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ। त्यस्तै कोरोना सङ्क्रमणबाट हालसम्म प्रदेश नं २ मा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । –रासस