६ कार्तिक २०८३, शुक्रबार

साउन ३२ गतेसम्म कपिलवस्तुमा अत्यावश्यक बाहेकका सेवा बन्द

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ साउन । कपिलवस्तुमा शुक्रबारदेखि अत्यावश्यक बोहकका सबै सेवा बन्द गरिने भएको छ ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बिहीबार एक सूचना जारी गर्दै विहान ५ बजेदेखि लागू हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार यसअवधिमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवाहरु पूर्णरुपमा बन्द गरिने छ ।

यस्तै ढुवानीका साधन बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्णरुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोररबिजोर प्रणाली अनुसार सञ्चालन हुने छन् ।

‘जिल्लामा स्थानीय लगायत सराकरी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकाले साउन २३ गतेबाट ३२ गतेसम्म १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनको सूचना उल्लंघन गरे कानुन बमोजिम कारबाही गर्ने पनि प्रशासन कार्यालयले चेतावनी दिएको छ ।