
काठमाडौँ, २२ साउन । कोरोनाका कारण वीरगञ्जमा बिहीबार थप २ जनाको मृत्यु भएको छ ।
वीरगञ्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत ५७ वर्षीय पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
बिहीबार विहान मृत्यु भएका उनको कोरोना पोजेटिभ देखिएको नारायणी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।
मृतक पुरुषको नारायाणी अस्पतालमा स्वाब परीक्षण गरिएको थियो ।
मुटुरोगी ती पुरुषमा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको बिहीबार विहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको परीक्षणको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु उपाध्यायले जनाए ।
योसंगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया