
काठमाडौँ, २२ साउन । प्रदेश १ मा थप ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये इलाममा १६ जना सशस्त्र प्रहरी रहेका छन् ।
त्यसैगरी मोरङमा २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २१ जना विराटनगरका रहेका छन् । त्यस्तै, सुनसरीमा १९ जना, इलाममा १६ जना, झापामा ८ जना संक्रमितहरु थपिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ जना पुगेको छ ।
त्यसमध्ये ९ सय ५ जनाले कोरोना जितेका छन् । बिहीबार थप १८ जना कोरोनामुक्त भएका हुन् ।
त्यस्तै, हालसम्म कोरोनाका कारण प्रदेश १ मा ४ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया