६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा मंगलबार एकैदिन कोरोना संक्रमित ८० पुग्यो

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० साउन । काठमाडौँ उपत्यकामा मंगलबार एकै दिनमा थप ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ८० जनामध्ये १५ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकाका संक्रमितहरुमध्ये एक तिहाई बाहिरबाट आएका हुन् ।

संक्रमण देखिनेमा लकडाउनका समयमा घर गएर फर्किएकाहरु नै बढी छन् । जसमा कपाल काट्ने, तरकारी तथा फलफूल बेच्ने, मजदुरी गर्ने र अन्य व्यवसाय गर्ने व्यक्तिहरु बढी रहेका महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही व्यक्तिहरु भने कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा परीक्षण गर्दा संक्रमित पाइएका हुन् ।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि संक्रमितलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या हुन थालेको छ ।