६ कार्तिक २०८३, शुक्रबार

कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कपिलवस्तु, २० साउन । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट साउन २० गते एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँसहित गाँउपालिका १ बस्ने ३८ बर्षिय बिनोद सोनारलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले सोनारलाई रुपैयाँसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका सोनारलाई जाँच गर्दा उनको साथमा रुपैयाँ फेला परेको र रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।