६ कार्तिक २०८३, शुक्रबार

बाँकेमा निषेधाज्ञा लम्बियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० साउन । बाँके जिल्लामा थप ४ दिनका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

आइतबारदेखि जारी निषेधाज्ञा शनिबारसम्मका लागि बढाइएको हो ।

कोराना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले निषेधाज्ञा ४ दिन लम्ब्याएको हो ।

पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेपछि निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ ।