
काठमाडौँ, २० साउन । महोत्तरीको जलेश्वर नगरपालिकाका २२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।
नगरपालिका कार्यालयका ५२ जना कर्मचारीहरूको पीसीआर परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । हाल संक्रमितहरुलाई आइसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ ।
कर्मचारीमा संक्रमण देखिएपछि जनप्रतिनिधिहरुसहित अन्यको पनि परीक्षण गराउने तयारी भइरहेको जनाइएको छ ।
कर्मचारीहरुमा संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय अनिश्चित कालका लागि सिल गरिएको हो ।
संक्रमित कर्मचारीहरूको कन्ट्याक्ट ट्रेसिङको काम समेत भइरहेको बताइएको छ ।















प्रतिक्रिया