६ कार्तिक २०८३, शुक्रबार

फेरि लकडाउन गर्ने/नगर्नेबारे प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्दै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ साउन । लकडाउन गर्ने नगर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने भएका छन् ।

लकडाउन खुलेसँगै कोरोनाभाइरसका संक्रमितहरु बढ्न थालेपछि प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

ओलीले छलफलका लागि कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन् ।

लकडाउन खुकुलो बनाउने लगायतका विषयमा पनि विज्ञहरुसँग प्रधानमन्त्री ओलीले परामर्श लिएका थिए ।

ओली विज्ञहरुसँग मंगलबार छलफल गर्ने जनाइएको छ । यद्यपि समय भने तय गरिएको छैन ।