६ कार्तिक २०८३, शुक्रबार

नेपाल बैंकले ल्यायो सबैभन्दा कम ब्याजदरमा घरकर्जा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ साउन । नेपाल बैङ्क लिमिटेडले कम ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ ।

बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको हो ।

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ ।

यसको अतिरिक्त बैङ्कले नयाँ लघु उद्यम कर्जा, सम्वृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ । लघु उद्यम कर्जा तथा सम्वृद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैङ्किङ क्षेत्रकै न्युन ब्याजदर हो ।

यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापाररव्यवसाय सञ्चालन तथा विस्तारको निमित्त रु.२५ लाख देखी रु.९९ लाख सम्मको लागी लघु उद्यम कर्जा र रु.१ करोड देखी रु.३ करोड सम्मको चालु तथा स्थिर पुँजी ब्यबस्थापनका लागी सम्वृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने छ ।

दुबै प्रकारका कर्जाहरुअन्र्तगत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पुँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पुँजिकर्जा प्रदान गर्न सकिनेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैङ्कले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ ।

घडेरी जग्गा खरिद गर्न र अन्य बैङ्क तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो ।

यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्ष देखी २० वर्ष सम्म कायम गरिएको छ ।