
काठमाडौँ, १९ साउन । विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ७७ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उनी आफैँ सोमबार विहान अस्पताल पुगेका थिए ।
उनको आइसोलेसनमा उपचार भइरहेको थियो । उनको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट आउनुअघि नै मृत्यु भएको अस्पालले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।















प्रतिक्रिया