
काठमाडौँ, १९ साउन । प्रदेश १ मा सोमबार थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ४६ जना मोरङ जिल्लाका मात्रै रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङका ४६ मध्ये २२ जना विराटनगर महानगरपालिकाका रहेका छन् । संक्रमितहरु ७ जना प्रहरी, ३ जना स्वास्थ्यकर्मी र प्रदेश मुख्य न्यायाधिवक्तालगायत रहेका छन् ।
त्यस्तै, रंगेली नगरपालिकाका २२ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु १३ जना पुरुष र ९ जना महिला रहेका छन् । त्यस्तै, कटहरी गाउँपालिकामा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, झापामा ६ जनामा संक्रमण देखिएको छ । अर्जुनधारामा ५ र बिर्तामोडमा एक महिला गरि ६ जनामा संक्रमण देखिएको हो । त्यस्तै, सुनसरीका ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय २८ जना पुगेको छ जसमध्ये ८ सय २९ जना निको भएका छन् । आजै मात्रै प्रदेशका ८ जना डिस्चार्ज भएका हुन् ।















प्रतिक्रिया