मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

२४ घण्टामा थप ४१८ मा कोरोना पुष्टि, ३५८ भए डिस्चार्ज

दैनिक नेपाल २०७७ साउन १९ गते १६:३२

काठमाडौँ, १९ साउन । देशभर गत २४ घण्टामा थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्ला २४ घण्टामा गरिएको ७ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षणमा ४ सय १८ जनामा संक्रमण देखिएको जनाए ।

यससँगै कुल संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ५८ जना कोरोनामुक्त भएका छन् । योसहित हालसम्म निको हुनेको संख्या १४ हजार ९ सय ६१ जना पुगेको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित