२९ आश्विन २०८३, बिहिबार

पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकमा श्रीमान–श्रीमतीको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवामा पहिरोले घर पुरिँदा श्रीमान–श्रीमतीकै ज्यान गएको छ ।

क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको ज्यान गएको पाँचपोखरी थाङपाल–२ का अध्यक्ष पासाङ लामाले जानकारी दिए ।
पहिरोमा परेका दुवै जनाको शव निकालिएको थियो ।

सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकामा पनि सोमबार पहिरोले मजदुर बसेको टहरो पुरिँदा ५ जनाको ज्यान गएको छ ।
उनीहरु कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरू हुन् ।