काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने तथा १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।
साथै, सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँको ८.२५ प्रतिशतका दरले हुने रकम १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) शेयर बाँडफाँड भएको मितिदेखि आषाढ मसान्त, २०८३ सम्मको लागि समानुपातिक रुपमा (१३६ दिनको) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, सधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधिको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी)मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।













प्रतिक्रिया