चाैतारा, १९ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरूमध्ये पाँच जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले वीरगञ्ज निवासी प्रदीप चौरसिया, राजेश चौधरीसहितको निकालिएकाे बताए । २ जनाकाे पहिचान भएपनि तीन जनाकाे सनाखत भएकाे छैन ।
उनीहरू सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरू हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए ।
मजदुरहरू बस्दै आएको टहरोलाई साेमाबर बिहान दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।













प्रतिक्रिया