काठमाडाैं, १९ साउन । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ ।
यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ ।
उक्त एटिएम सेवा उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दीपक खनाल र मनोज केसीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
बैंकले बोक्सेस्थित सरकारी कार्यालयका कर्मचारीहरूका साथै अन्य सर्वसाधारण ग्राहकहरूलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।















प्रतिक्रिया