काठमाडाैं, १९ साउन । बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख एकाउन्न हजार सहयोग हस्तान्तरण गरेको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपालभित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई यस बैंकको कर्मचारी संघद्वारा वित्तीय सहयोग हस्तान्तरण गरेको हो ।
आविष्कारको क्षेत्रमा ठूलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा.महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दैआईरहेका छन् ।
बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले केन्द्रका अध्यक्ष डा.पुनलाई एक समारोहको बीच उक्त सहयोग हस्तान्तरण गरेका छन् ।















प्रतिक्रिया