
काठमाडौँ, १८ साउन । मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।
निज नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरी सकेका छन् । नेपालमा उनी एक व्यवस्थापन विज्ञको रुपमा परिचित छन् र साथै, विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।
उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एड्मिनिस्ट्रेसन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट, टुरिज्म विषयमा अध्ययन गरेका छन् ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।















प्रतिक्रिया