
काठमाडौँ, १८ साउन । सरकारले र्यापीड डाइअग्नस्टिक टेस्ट (आरडीटी) परीक्षण विधि देशभर बन्द गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश सरकार, स्थानीय सरकार र देशभरका अस्पताललाई सूचना जारी गरिसकेको जानकारी दिए ।
सरकारको साउन १४ गतेको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले अबदेखि कुनै पनि स्वास्थ्यसम्बन्धी निकायबाट आरडीटी परीक्षण नहुने बताए । आरडीटी विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट सही नहुने भन्दै चर्को विरोध हुँदै आएको थियो ।















प्रतिक्रिया