६ कार्तिक २०८३, शुक्रबार

८० प्रतिशतले जिते कोरोना, कुन प्रदेशमा कति भए डिस्चार्ज ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ साउन । आइतबार देशभर थप २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । त्यस्तै, गत २४ घण्टामा थप १ सय ११ जना निको भएसँगै १४ हजार ६ सय ३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयले ८० प्रतिशत संक्रमित निको भएको जनाएको छ ।

प्रदेश नम्बर १ मा ८ सय ५८, प्रदेश नम्बर २ मा ३ हजार १ सय ६४, बागमती प्रदेशमा ५ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७३, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ४६ जना डिस्चार्ज भएका छन् ।

कोरोनाका कारण थप एक जनाको मृत्यु पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या ५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ६ सय ७२ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा २ सय ५१, प्रदेश नम्बर २ मा २ हजार १ सय ७५, बागमती प्रदेशमा ६ सय ६ र गण्डकी प्रदेशमा २ सय ८७ जना उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९६, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा.गौतमले बताए ।

आइतबार पीसीआर विधिबाट ८ हजार ८ सय ६१ वटा परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ९१ हजार २ सय ७० जनाको कोरोना परीक्षण भएको छ । देशभरका क्वारेन्टिनमा क्वारेन्टिनमा १० हजार ९ सय ३४ जना रहेका छन् ।

मन्त्रालयले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइएको उनले बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो । प्रवक्ता गौतमले ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्किन आग्रह गरे ।