६ कार्तिक २०८३, शुक्रबार

कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ललितपुर, १८ साउन । कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका ९ छम्पी डाइछाप बस्ने २८ वर्षीय सन्तोष नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएपछि दाहसंकारको लागि पशुपति आर्यघाट लगेको भन्ने जानकारी प्राप्त हुनासाथ कुटपिट गर्ने सन्तोष नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।