मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

कोरोनाका कारण पर्सा वीरगञ्जमा थप २ जनाको मृत्यु

दैनिक नेपाल २०७७ साउन १७ गते २१:४०

सांकेतिक तस्वीर

काठमाडौँ, १७ साउन । वीरगञ्जमा शनिबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

समुदायस्तरमा कोरोना फैलिएको मानिएको वीरगञ्जमा शनिबार साँझ नगवा बस्ने ६० वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपध्यायले जनाए ।

नारायणी बयोधा अस्पतालको आइसोलेसनमा रहेका उनको १६ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि गण्डक अस्पताल लगिएको र लगत्तै मृत्यु भएको बताइएको छ ।

त्यस्तै, बयोधा अस्पतालमै वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । साउन १४ गते अस्पताल भर्ना भएकी उनको शुक्रबार पीसीआर परीक्षण गरिएको थियो ।

शुक्रबार राती नै रिपोर्ट आउँदा पोजेटिभ देखिएको हो । उनी सुगर, निमोनिया र हाईपर टेनसनकी पीडित रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित