शनिबार, १७ साउन २०७७
DainikNepal.com
शनिबार, १७ साउन २०७७

सप्तरीमा थप २३ जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ साउन १७ गते २१:२६

काठमाडौँ, १७ साउन । सप्तरीमा शनिबार थप २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमध्ये राजविराज नगरपालिकाका १८ जना रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सया ९७ जना पुगेको छ ।

संक्रमितहरु राजविराजका १८ जना, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जना र तिरहुत गाउँपालिकाका १ जना रहेका गजेन्द्रनारायण संह अस्पताल राजविराजले जनाएको छ ।

संक्रमण बढेपछि स्थानीय तहहरुले लकडाउन गरेका छन् भने राजविराजमा साउन ८ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित