५ कार्तिक २०८३, बिहिबार

कोरोना संक्रमण देखिएपछि २ जना सम्पर्कविहीन

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ साउन । कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि २ जना सम्पर्कविहीन भएका छन् ।

उनीहरुले शुल्क तिरेर कोरोना परीक्षण गराएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जानकारी पाएलगत्तै उनीहरु सम्पर्कविहीन भएका थिए ।

आफ्नो घर बुटवल ६ बताउने उनीहरुले सम्पर्कका लागि एनसेल नम्बर टिपाएका थिए । रिपोर्टको जानकारीका लागि उनीहरुको फोन उठेको र त्यसपछि अहिले सम्पर्क हुन नसकेको जनाइएको छ ।

उनीहरुले भारतबाट आएका र पुनः भारत जानका लागि पीसीआर परीक्षण गराएको बताइएको छ । स्थानीय प्रशासनले उनीहरुको खोजी गरिरहेको जनाइएको छ ।