बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

क्वारेन्टिनबाट घर पठाइएका ६६ जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ साउन १७ गते १९:०७


काठमाडौँ, १७ साउन । बझाङमा क्वारेन्टिनबाट घर पठाइएका ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको केदारस्यूँ गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएकामा शुक्रबार र शनिबार गरेर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु वडा नम्बर ६ र ७ का बासिन्दा हुन् भने उनीहरु सबै भारतबाट फर्किएका थिए ।

उनीहरु ८ देखि १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले नै घर पठाएको थियो । तर उनीहरुले नियमको पालना नगरी समुदायका मानिससँग घुलमिल गरेको बताइएको छ ।

गाउँपालिकाको शनिबार बसेको बैठकले एकैपटक ठूलो संख्यामा संक्रमितहरु भेटिएपछि गाउँपालिकाले वडा नम्बर ६ र ७ लाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ ।

वडाहरु सिल गर्न सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित