शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

लकडाउन खुलेसँगै बढ्यो कोरोना संक्रमणको दर

दैनिक नेपाल २०७७ साउन १७ गते १७:३८


काठमाडौँ, १७ साउन । सरकारले लकडाउन खोलेसँगै कोरोनाभाइरस संक्रमण दर बढेको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार ०.८ प्रतिशतले कोरोना संक्रमणको दर बढेको हो । लकडाउन अगाडिको ११ दिनमा सरकारले ४७ हजार ८७७ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३४५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

लकडाउन खुलेको ११ दिन (साउन ७ देखि १७ गतेसम्म) ५८ हजार १७४ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार ९२ मा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो तथ्यांक अनुसार ०.८ प्रतिशतले संक्रमित दर बढेको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ छ ।

प्रतिक्रिया
सम्बन्धित