५ कार्तिक २०८३, बिहिबार

सभामुख सापकोटाका गाडी चालकमा कोरोना पुष्टि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ साउन । संघीय संसदका सभामुख अग्नि प्रसाद सापकोटाको सवारी चालक प्रहरीमा कोरोना पुष्टि भएको छ ।

प्रहरी हेडक्वार्टरमा कार्यरत निकै संख्यामा प्रहरीमा कोरोना देखिएपछि उनको पनि परीक्षण गर्दा पोजेटिभ देखिएको जनाइएको छ ।

हेडक्वार्टर स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमै बस्ने गरेको र साउन ६ गतेसम्म सभामुख सापकोटाको अगुवा गाडी चलाउने गरेका थिए ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएकोले सभामुख निवासमा रहेका अन्य सुरक्षाकर्मी र अन्यको स्वाब परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आजै आउने बताइएको छ ।