मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

थप ३१५ जनामा कोरोना, संक्रमितको संख्या २० हजार नाघ्यो

दैनिक नेपाल २०७७ साउन १७ गते १६:३८

काठमाडौँ, १७ साउन । नेपालाम शनिबार थप ३ सय १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या २० हजार ८६ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । गत २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १५ जनामा संक्रमण देखिएको उनले जनाए ।

शनिबारसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९३ जनाले कोरोना जितेका छन् ।

योसहित उपचारपछि निको भएर घर जानेको संख्या १४ हजार ४ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित