शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

रुपन्देहीमा सार्वजनिक सम्पत्ती तोडफोड, नेपाल प्रहरी र प्रशासन मुकदर्शक

प्रदेशसभा सदस्यले फोन गर्दा १७ औँ पटकमा फोन उठाएर पुर्व सूचना पाउँदा पनि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले गम्भीर रुपमा लिएनन्

प्रतिक पौडेल २०७७ साउन १७ गते १६:२१

-प्रतिक पौडेल

भैरहवा, १७ साउन । रुपन्देहीको सुद्धोधन गाउँपालिकामा सार्वजनिक सम्पत्तीमाथि तोडफोड भएको छ ।

गाउँपालिकाको वडा नं ५ मा निर्माणाधिन अवस्थामा रहेको दर्वहवा क्षेत्र दर्बाहा बगैँचा तथा सिमसार क्षेत्रको संरक्षणको लागि गरिएको तारबार र पर्खाल केही ब्यक्तीहरुको नेतृत्वमा सुनियोजित रुपमा तोडफोड भएको हो ।

सार्वजनिक सम्पति तोडफोडको पुर्व सूचना पाएर पनि प्रहरिले नरोकेको भन्दै रुपन्देहीका प्रहरि प्रमुख हेमकुमार थापा र प्रमुख जिल्ला अधिकारि माहदेब पन्थको जनप्रतिनिधिले राजिनामा मागेका छन् ।

शुद्धोधन गाउपालिकाले मानपकडिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सासद तुलसिप्रसाद चौधरीले भने, “हिजो मध्यदिनमै दर्बाहको संरचना अराजक समुहले भत्काईरहयो । प्रहरि निरिक्षक सहितको टोलि रमिते बनेर बस्यो । उसले कसैलाई रोकेन । “

सासद चौधरीले शान्ति सुरक्षा कायम गर्न नसक्ने प्रहरिको के काम भन्दै प्रहरि प्रमुख र सिडिओलाई तत्काल कारवाही गर्न संघिय सरकार संग माग समेत गरे ।

उनले भने, “मैले सिडिओलाई १७ पटक फोन गरेपछि बल्ल उठाउनुभयो । सार्वजनिक सम्पति नस्ट गराउने सुचना आएको छ । प्रहरी परिचालन गरेर रोकाउनु पर्यो भनियो । जिल्लाको प्रहरी प्रमुख, यो क्षेत्र हेर्ने छपिया ईलाका प्रहरी कार्यालयलाई खबर गरियो । प्रहरी आयो तर उनीहरु रमिते बनेर बसें । लाखौँको संरचना सबै ध्वस्त बनाईए । प्रहरी चुईक्क बोलेन ।”

गाउँपालिकाको सार्वजनिक सम्पत्तीमा तोडफोड हुँदा समेत प्रशासन भने मुकदर्शक बनेको पाइएको छ । तोडफोड हुने समयमा प्रहरीको उपस्थिती सोही स्थानमा हुदाहुदै पनि रोक्ने प्रयास समेत नभएको गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीले बताए ।

चौधरिले सार्वजिनक सम्पतिको संरक्षणमा सुरक्षा दिन नसक्ने प्रहरिको कामै नभएको भन्दै तत्काल तिनका हाकिमलाई कारबाहि गर्नुपर्ने बताए ।

उनले भने, “जसले सार्वजनिक सम्पति तोडफोड गरेको हेरेर बस्छन, तिनले भोलि मान्छे मरिरहदा पनि यस्तै रमिते हुने डर सृजना भएको छ । म त भन्छु , यस्ता प्रहरी कर्मचारी हामिलाई चाहिदैन जसले आफ्नो कर्तव्य बिर्सिएर विध्वंसात्मक गतिबिधिलाई प्रशय दिन्छन् ।”

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनिले प्रहरिले चाहेको भए त्यो घटना नहुने वातवरण रहेको बताए । उनले भने, “अराजक समुहले तोडफोड गर्दा प्रहरीले रोकेन जसले गर्दा उनिहरु उत्साहित भएर झनै जथाभावी तोडफोड गरे ।“

उक्त स्थलमा एक्कासि शुक्रबार दिउँसो स्थानिय बिरेन्द्र माध्यामिक विद्यालयका प्रधाना ध्यापक कृष्ण चौधरी र नेपाली कांग्रेस सुद्धोधन गाउँपालिका अध्यक्ष शेर बहादुर काफ्ले, विपिन कुर्मिको नेतृत्वमा तार जालि, पर्खाल तोडफोड गरिएको पालिकाले आरोप लगाएको छ ।

गाउँपालिका अध्यक्ष किशुसन चौधरिले हस्ताक्षर गरि पत्रकार सम्मेलनमा बितरण गरिएको बिज्ञप्तिमा भनिएको छ, “शेरबहादुर काफ्ले, बिपिन कुर्मि र कृष्ण चौधरिले योजनाबद्ध रुपमा उक्त तोडफोड गरे । सार्बजनिक सम्पति तोडफोड गर्नेहरुलाई सार्बजनिक फौजदारि अपराधमा कारवाही गर्न र तिनीहरुबाटै नस्ट गरिएको संरचनाको मुल्याकन गरि क्षतिपुर्ति दिलाउन सम्बन्धित निकायसंग माग गर्दछौ ।

“विज्ञप्तिमा तोडफोडको नेतृत्व गर्नेहरुसंगै तिनका मतियारलाई पनि कारवाही गर्न माग गरेका छन् । ईलका प्रहरी कार्यलय छपियाका प्रहरी निरिक्षक रविन्द्र खड्काले मान्छेहरुको भिड ठुलो हुदा थोरै संख्यामा भएको प्रहरिले नियन्त्रण गर्न नसकेको बताए । उनले भने, “हामिले रोक्ने कोशिस गरेको हो सकेनौँ ।

प्रहरीको भुमिका प्रति स्थानीय पनि शसंकित भएका छन् । स्थानीय टोल विकास संस्थाका अध्यक्ष मान बहादुर बुडाथोकीका अनुसार तोडफोड गर्न आएको उक्त हुललाई प्रहरीले रोक्न चाहेको भए घटना हुने थिएन । उनका अनुसार प्रहरीले सार्वजनिक सम्पत्तीको रक्षा गर्न चासो नदेखाएकै कारण घटना भएको हो ।

यता नेपाली कांग्रेश स्थानिय नेता बाबुराम पोखरेलले सार्वजनिक सम्पत्ती तोडफोड जस्तो अराजक घटनामा नेपाली कांग्रेस गाउँपालिका अध्यक्षको नाम जोडिनु लाजमर्दो भएको बताए ।

पोखरेलले आफुहरु बैचारिक राजनितीमा बिश्वास गर्ने हुनाले सार्वजनिक सम्पत्ती तोडफोड गर्ने खालको घटना पार्टीकै गाउपालिका सभापती बाट हुनु राम्रो नभएको जानकारी दिए । उनले प्रहरीले आफ्नो भुमिका राम्ररी निभाएको भए घटना नहुने पनि बताए ।

मानपकडिको दर्बाहमा गाउँपालिकाले दर्बाह मन्दिर र सोको वरिपरिको खालि जमिन समेटेर दर्वाह उद्यान बनाएको छ । उक्त उद्यानको लागि पालिकाले गुरुयोजना नै बनाएर स्थानियको सहमतिमा काम गरिरहेको छ ।

शुद्धोधन गाउपालिकाको पहिलो गाउसभाले ४० लाख बिनियोजन गरेर उक्त स्थलमा उद्यान बनाउन शुरु गरेको थियो । त्यसपछि आ. व ०७४/०७५ मा शुरु भएको गुरुयोजना ०७५/०७६ मा पनि ४० लाख बजेट बिनियोजन भई नदि तटबन्ध भईसकेको छ ।

गत आ.व मा प्रदेश सरकार पर्यटन मन्त्रालयको ३० लाख, गाउपालिकाको ५० लाख र प्रदेश सरकारको समनिकरण बजेटबाट ५० लाख सहित १ करोड ३० को लागतमा काम भईरहेको छ ।

दर्बाह मन्दिरको ऐतिहासिकता सहित संस्कृति झल्किनेगरि उद्यान निर्माण गर्ने र जोडिएको नदिमा डुंगा चलाउने समेत तयारि सहित काम भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित