६ कार्तिक २०८३, शुक्रबार

मापदण्ड पालना नगर्ने तीन वटा पानी उद्योगमा शिल

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोहन पौडेल

परासी, १७ साउन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा तोकिएको मापदण्ड पालना नगर्न तीन वटा पानी उद्योगमा शिलबन्दी गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा र जिल्ला प्रशासन कार्यालय परासीबाट गएको संयुक्त अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी मापदण्ड विपरित सञ्चालनमा रहेको पाईएपछि जिल्लाका विभिन्न स्थानमा सञ्चालित तीन वटा पानी उद्योगको उत्पादनमा रोक लगाएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक श्रवण ढुङ्गानाका अनुसार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१५ शुक्रौलीस्थित शाही वाटर ईण्डष्ट्रिज, पाल्हीनन्दन–३ स्थित शितलजल पानी उद्योग र त्रिवेणी अक्वा ईण्डष्ट्रीजमा उत्पादन बन्द गर्ने गरी शिलबन्दी गरिएको हो ।

पानी उद्योगमा हुनुपर्ने कुनै पनि मापदण्ड पालना नभएकोले ती उद्योगमा शिलबन्द्यी गरिएको उनले बताए । शुक्रौलीको शाही वाटर ईण्डष्टीजमा यसअघि पनि मापदण्ड पूरा नगरेको भन्दै शिल गरिएको थियो ।

तोकिएको मापदण्ड पालना गरी उद्योगमा सुधार नगरेसम्म उक्त उद्योगहरुले पानी उत्पादन गर्न नपाउने निरीक्षक ढुङ्गानाले जानकारी दिए । पानीको गुणस्तर परीक्षणका लागि तीन वटै उद्योगबाट नमूना पनि सङ्कलन गरिएको अनुगमनमा सहभागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सागर केसीले जानकारी दिए ।

बजारमा बिक्री वितरण भईरहेका पानीका बोत्तल तथा जारमा गुणस्तर नभएको भन्ने गुनासो आएपछि आज संयुक्त अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिङ माझीले बताए ।