शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण

दैनिक नेपाल २०७७ साउन १६ गते २१:४९

जनकपुरधाम, १६ साउन । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै प्रदेश २ मा दुईजना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पचास वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा एक जनाको पोजिटिभ देखिएको हो ।

न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ देखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एसोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ ।

प्रदेश २ मा न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको यो दोस्रो केस हो । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित