शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मास्क नलगाउने २ लाख जनालाई कारवाही

दैनिक नेपाल २०७७ साउन १६ गते १७:५७

काठमाडौँ, १६ साउन । मास्क नलगाउने २ लाख जना कारवाहीमा परेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले शुक्रबारसम्म मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारवाही गरिएको जानकारी दिए ।

सरकारले कोरोनाभाइरस संक्रमणबाट बच्न अनिवार्य रुपमा मास्क प्रयोग गर्न निर्देशन जारी गरेको छ । मास्क प्रयोग नगर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ ।

उपत्यका लगायतका क्षेत्रमा पुनः संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले मास्क अनिवार्य रुपमा प्रयोग गर्न पुनः आग्रह गरेको छ ।

पछिल्लो समय समुहहरूमा पनि संक्रमण देखिएकाले यस्ता समूहगत गतिविधि नगर्न मन्त्रालयले अनुरोध गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित