शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोनाका कारण एकैदिन थप ४ जनाको मृत्यु पुष्टि

दैनिक नेपाल २०७७ साउन १६ गते १७:०२

सांकेतिक तस्वीर

काठमाडौँ, १६ साउन । नेपालमा कोरोनाका कारण थप ४ जनाको मृत्यु पुष्टि भएको छ ।

यससँगै मृत्यु हुनेको संख्य ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ३ जना पर्साका पुरुष रहेका छन् भने पर्सा घर भई ललितपुर बस्ने एक जना महिला रहेकी छन् ।

शुक्रबार देशभर थप २ सय २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप १ सय ५१ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय १६ जना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित