५ कार्तिक २०८३, बिहिबार

काठमाडौँ उपत्यकामा थपिए ३८ कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । काठमाडौँ उपत्यकामा थप ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा ३२ जना, ललितपुरमा ५ जना र भक्तपुरमा एक जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

शुक्रबार नेपालमा थप २ सय २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या १९ जहार ७ सय ७१ जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप १ सय ५१ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।