मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

शुक्रबार थपिए २२४ कोरोना संक्रमित, थप १५१ डिस्चार्ज

दैनिक नेपाल २०७७ साउन १६ गते १६:३७

काठमाडौँ, १६ साउन । नेपालमा थप २ सय २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप १ सय ५१ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित