बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

निषेधाज्ञा जारी गरेर एक घर एक पिसिआर परीक्षण गर्न सरोकार समितिको माग

दैनिक नेपाल २०७७ साउन १६ गते १५:५१

बारा, १६ साउन । बारा जिल्लामा कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलेर उच्च जोखिम सृजना हुने देखिएकोले जितपुर सिमरा सार्वजनिक सरोकार समितिले निषेधाज्ञा जारी गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ ।

सरोकार समितिको शुक्रबार सिमरामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले यस क्षेत्रमा रहेका उद्योगहरुले कोरोना परीक्षण बिनै भारतबाट मजदुर ल्याएर उद्योग सञ्चालन गरेको र छिमेकी पर्सा जिल्लामा समेत निषेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरिकहरु बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोबार गर्न आउँदा बारामा पनि संक्रमण फैलन सक्ने सम्भावना रहेकोले यस जिल्लालाई निषेधाज्ञा जारी गरि एकघर एक पिसिआर परीक्षण गर्न माग गरेको हो ।

त्यसका लागि बैठकले नेपाल सरकार, स्थानीय प्रशासन र स्थानीय तहसँग जोडदार माग गर्ने निर्णय गरेको सरोकार समितिका संयोजक मनोज पौडेलले जानकारी दिए ।

त्यसका साथै बैठकले सिङ्गो बारा जिल्लामा आइसियु र भेन्टिलेटर सहितको अस्पताल नभएको अवस्थामा सिमरा, पथलैयामा आइसियु सहितको सुविधा सम्पन्न कोरोना संक्रमितको उपचार हुनेगरी तत्काल अस्पताल संचालनमा ल्याउन माग गरेको संयोजक पौडेलले बताए ।

सरोकार समितिका संयोजक मनोज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा, कर्ण थापा, नारायण घिमिरे, राजु राज गिरी, रमेस सापकोटा, पेसल मुल्मी, बिदुर खडकालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित