बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

छवि बाँस्कोटाको अध्यक्षतामा ‘सहयोगी हात नेपाल’ संस्था गठन

दैनिक नेपाल २०७७ साउन १६ गते १५:१५

दमक, १६ साउन । झापा दमकका छबि बाँस्कोटाको अध्यक्षतामा ‘सहयोगी हात नेपाल’ संस्था गठन भएको छ ।

दमकको संगम स्विट्सको सभाहलमा शुक्रबार एक कार्यक्रमकाबीच सो संस्था गठनको औपचारिक जानकारी दिइएको हो ।

केन्द्रीय कार्यालय दमक रहने गरी गठन भएको संस्थामा अहिले झापा र इलामका युवाहरुलाई समेटेर केन्द्रीय कमिटी गठन गरिएको छ ।

१३ सदस्यीय केन्द्रीय सदस्य रहेको सो संस्था सामाजिक कार्य गर्ने उदेश्यका साथ स्थापना गरिएको बताइएको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा रमा लिम्बु रहेकी छन् भने उपाध्यक्षमा भानुभक्त खतिवडा रहेका छन् ।

त्यस्तै, संस्थाको महासचिवमा राजु खड्का, सचिवमा रमेश अधिकारी, सह–सचिवमा पुनम भट्टराई, कोषध्यक्षमा खेमराज अधिकारी, सह–कोषाध्यक्षमा रोशन अधिकारी रहेका छन् ।

संस्थाको सदस्यहरुमा विनिता भट्टराई, राजेश पौडेल, जितेन्द्र थापा र दिपीन दाहाल रहेका छन् । त्यस्तै ,संस्थाको वरिष्ठ सल्लाहकारमा गोकुल श्रेष्ठ, कानूनी सल्लाहकारमा विमल शर्मा र संचार संयोजकमा उत्तम रिजाल रहेका छन् ।

संस्थाको बारेमा जानकारी गराउँदै अध्यक्ष बाँसकोटाले युवा पुस्ता सामाजिक कार्यमा लागे समाज परिवर्तन गर्न समय नलाग्ने प्रतिक्रिया दिएका छन् । विगत एक दशक भन्दा बढी समयदेखि सामाजिक क्षेत्रमा कार्यरत बाँस्कोटा यसअघि पहिलो पाइला दमकका अध्यक्ष थिए ।

प्रतिक्रिया
सम्बन्धित