शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भीडभाड नियन्त्रणका लागि कञ्चनपुरमा पनि नयाँ नियम

दैनिक नेपाल २०७७ साउन १६ गते १२:०३

कञ्चनपुर, १६ साउन । लकडाउन खुलेसँगै कार्यालयहरुमा मानिसको भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवा प्रवाहमा नयाँ नियम बनाएको छ ।

संक्रमणको जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासनले बारअनुसार जिल्लाका स्थानीय तहहरुलाई पालैपालो सेवा दिने बताएको छ । कार्यालयले बिहीबार जारी गरेको सूचना अनुसार कोभिड–१९ को जोखिम न्यूनीकारणका लागि तोकिएको दिन तोकिएको पालिकाका सेवाग्राहीलाई मात्रै सेवा प्रवाह गराइने भएको छ ।

सरकारको निर्देशन र तत्कालिन आवश्यकतालाई दृष्टिगत गर्दै आइतबारबाट लागू हुने गरी पालिका अनुसार सेवा प्रवाह गर्न लागेको हो ।

जिल्लाको ३ वटा स्थानीय तहलाई दुई दिन पर्ने गरी सेवा प्रवाह गराइने तयारी कार्यालयको छ । कार्यालयका अनुसार आइतबार र सोमबार भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिका भित्रका सेवाग्राहीलाई सेवा प्रवाह गराइने छ ।

यस्तै, मंगलबार र बुधबार कृष्णपुर, शुक्लाफाँटा नगरपालिका र लालझाँडी गाउँपालिका भित्रकका सेवाग्राहीलाई सेवा प्रवाह गराइने छ भने बिहीबार र शुक्रबार बेदकोट, माहाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिका भित्रका सेवाग्राहीलाई सेवा प्रवाह गराइने छ ।

यस्तै, पालो मिलाएर आउने सेवाग्राहीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने अशक्त, वृद्धवृद्धा र अत्यावश्यक देखिएमा अन्यलाई पनि सेवा प्रवाहको क्रममा प्राथमिकता दिइने शर्तहरु उल्लेख गरिएको छ ।

सेवाग्राहीको भीडभाड र कोभिड–१९ को संक्रमण जोखिमअनुसार उल्लिखित ढाँचामा परिर्माजन गर्दै लगिने कार्यालयको भनाइ छ ।

‘अत्यावश्यक कामका तोकिएको दिन कुर्नु नपर्ने पनि जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना प्रकाशित गरी यस्तै प्रकारको नयाँ नियम बनाएको जानकारी दिएको थियो । काठमाडौं प्रशासनले पनि उक्त नियम आउँदो आइतबारबाटै लागू गर्दै छ ।

प्रतिक्रिया
सम्बन्धित