शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

भीडभाड कम गर्न काठमाडौं जिल्ला प्रशासनले बनायो नयाँ नियम, कहिले कहिले पाइन्छ सेवा ?

दैनिक नेपाल २०७७ साउन १५ गते ११:१६

काठमाडौं, १५ साउन । लामो समयदेखिको लकडाउन खुलेपछि कोरोना भाइरसको जोखिम झन् बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ ।

सामाजिक दूरी कायम गर्न जोड दिँदै कार्यालयले साउन १८ गते (आगामी आइतबार) देखि लागू हुने गरी नयाँ नियम ल्याएको हो । नयाँ नियमअनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउने छन् । नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्ने छ ।

त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउने छन् । मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्।

बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बुधबार जारी सूचना मा उल्लेख गरिएको छ ।

यस्तै शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउने बताइएको छ ।

शान्ति सुरक्षा र कानूनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय सधैँ खुल्ने छ । तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन प्रशासनले अनुरोध गरेको छ ।

हेर्नुहोस् नयाँ नियमसहितको सूचना–

 

प्रतिक्रिया
सम्बन्धित