
काठमाडौँ, १५ साउन । पर्साको वीरगञ्ज महानगरपािलका प्रमुख विजयकुमार सरावगीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा स्वास्थ्य परीक्षणका लागि आएका सरावगीको नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । फेसबुकमार्फत आफूलाई संक्रमण भएको जानकारी सरावगीले गराएका हुन् ।
उनले जनताको सेवा गर्दागर्दै आफू संक्रमित बनेको बताउँदै छिट्टै कोरोना जितेर फेरि जनताको सेवामा खटिने बताए ।
उनी निरन्तर रुपमा भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु तथा संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए । त्यस्तै, उनले चन्दा संकलन गरेर मेसिन ल्याउने तथा स्वास्थ्यकर्मी र सफाईकर्मीका लागि खान, बस्नको व्यवस्था मिलाएका थिए ।















प्रतिक्रिया