५ कार्तिक २०८३, बिहिबार

पर्सामा ५० सहित प्रदेश २ मा थपिए ७१ जना कोरोना संक्रमित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन । प्रदेश २ मा थप बिहीबार थप ७१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

जसमा ५० जना पर्सा जिल्लाका रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. ४ र १२ मा ३ वर्षीया बालिकासहित २६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु ३ देखि ६० वर्ष उमेरका रहेका छन् ।

त्यस्तै, नारायणी अस्पतालका ५ जना महिलासहित १५ जना, नेपाली सेनाका शिविर र बिर्ताका दुई दुई जना, सुगौली गाउँपालिकाका ३ जना र छिपहरमाई गाउँपालिका र जगनाथपुर गाउँपालिकाका एक एक जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, बाराका ३ जना, महोत्तरीका ४ जना, धनुषाका १३ जना, पूर्व नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएके हो ।

यससँगै प्रदेश २ मा संक्रमितको संख्या ४ हजार ६ सय १५ जना पुगेको छ । जसमा ३ हजार ६९ जना निको भइसकेका छन् ।