मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

भदौ १ देखि विद्यालय खोल्ने सरकारको निर्णय

दैनिक नेपाल २०७७ साउन १५ गते १८:११

काठमाडौँ, १५ साउन । सरकारले विद्यालय खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको हो ।

त्यस्तै, विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय पनि गरेको छ । साथै विद्यालयले २०७६ ७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ ।

बिहीबार सरकारका निर्णय सुनाउँदै प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने, विद्यालय शिक्षकहरुलाई अभिलम्ब विद्यालय पुर्याउने व्यवस्था गर्ने, क्वारेन्टिन बनाइएको विद्यालयबाट त्यसलाई हटाउने निर्णय गरेको जनाए ।

खतिवडाले भने,‘नतिजा प्रकाशन गर्न बाँकी रहेको भए प्रकाशन गर्ने, २०७७ भदौं १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको संख्या एकिन गर्ने, भर्ना भएका विद्यार्थीको तथ्याङ्क भराउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी रहेको भए उपलब्ध गराउने, शैक्षिक कार्यक्रम सञ्चालनार्थ अभिलम्व शिक्षकहरुलाई विद्यालय पु¥याउने व्यवस्था मिलाउने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन कार्यढाँचा जारी गर्ने, विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेशन कार्य नगर्ने, क्वारेन्टाइन र आइसोलेशन प्रयोग हुन छाडेका भवनलाई तोकिएको मापदण्ड अनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापनका लागि योग्य बनाउँने, विद्यालय र विद्यालय परिसरभित्र विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुनेगरी कोभिड १९ रोकथाम र नियन्त्रणसम्बन्धी कुनैपनि संरचनाहरु नराख्ने निर्णय भएको छ ।’

गत असार १३ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै भदौ १ देखि विद्यालय सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित