
काठमाडौँ, १५ साउन । नेपालमा थप २ सय ७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार यससँगै संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।
हालसम्म ५२ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय २७ जना निको भएर डिस्चार्ज भएका छन् ।
यससँगै उपचारपछि निको हुनेको संख्या १४ हजार २ सय ४८ जना पुगका छन् । त्यस्तै, हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ जना रहेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया