५ कार्तिक २०८३, बिहिबार

निर्मला हत्याकाण्ड प्रकरणमा अदालतले दियो एसपी विष्टसहित ८ प्रहरीलाई सफाइ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका ८ जना प्रहरीले सफाइ पाएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा जिल्लो अदालतले उनीहरुलाई सफाइ दिएको हो ।

तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।

उक्त मुद्दामा उनीहरु सबैले सफाइ पाएका हुन् ।

निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उनीहरुविरुद्ध उजुरी गरेकी थिइन् ।

प्रहरीले भने अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टकातर्फबाट दाजु खड्गसिंह विष्टले यातनाविरुद्धको कसुरमा प्रहरीमा उजुरी दिएका थिए ।

दुवै उजुरीमा ८ प्रहरीलाई प्रतिवादी बनाइएको थियो । निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

सो अभियोगमा प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो ।