मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

बाढीपहिरोमा मृत्यु हुनेका परिवारलाई २ लाख दिने सरकारले निर्णय

दैनिक नेपाल २०७७ साउन १५ गते १६:०१

काठमाडौँ, १५ साउन । सरकारले बाढीपहिरो लगायत प्राकृतिक विपतमा परेर मृत्यु हुनेको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबार नियमित पत्रकार सम्मलेनमार्फत सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले विपत्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र एक परिवारका एकजनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख थप गरी राहत उपलब्ध गराइने जानकारी दिएका छन् ।

उक्त रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने उनले जनाए ।

उनले भने, “संघ, प्रदेश र स्थानीय तहबाट उपलब्ध गराउँदा कसैलाई दोहोरो पर्ने र कसैले पाउँदै नपाउने स्थिति भएकोले एकद्वारा प्रणाली अपनाइएको हो ।“

प्रतिक्रिया
सम्बन्धित